बुधवार, आश्विन २१ गते २०८३

सूचना टाँसेर संसद बैठक भोलिलाई सारियो

आइतवार , आषाढ २४, २०८०

काठमाडौं। आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सोमबारका लागि सारिएको छ । 

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सोमबार अपरान्ह ३ बजे बस्नेगरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।  

सूचना टाँसेर आइतबारको बैठक स्थगित गरिएको हो । यसअघि  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक दुई घण्टा पछि सारेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका थिए । 

तर, महासचिव डा गौतमले टाँसेको सूचनामा भने सोमबार अपरान्ह ३ बजे बस्नेगरी आइतबारको बैठक सारिएको उल्लेख छ । 
 

samsad notice1688893379.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार