बुधवार, आश्विन २१ गते २०८३

प्रतिनिधिसभा बैठकः तीन दिनदेखि एउटै कार्यसुची, हट्ला त अवरोध?

सोमवार , आषाढ २५, २०८०

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । 

संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाइएको छ । 

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार शुक्रवारको बैठकमा तीनवटा बिधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभावाट उत्पति भएको नेपाल विश्वविधालय बिधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ । 

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको बिधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पति भएको ‘मुलकी संहिता सबन्धी केही नेपाल ऐन संसोधन गर्ने बिद्येयक २०८० माथीको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन ।

र, आजै सो बिद्येयक माथी संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसुचीमा राखेको संसद सचिवालयलले मुलुकी संहिता सबन्धी बिद्येयक पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

प्रधानमन्त्रीले केही दिनअघि नेपालमा भारतको चाहनामा मात्र सरकार बन्ने आशयको अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजीनामा माग्दै बैठक अवरोध गरिरहेको छ। 

बैठक चलाउने सहमति जुटाउन भन्दै हिजो प्रधानमन्त्री, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो। बैठकमा प्रधानमन्त्री बोल्ने र बैठक चलाउने सहमति तीन नेताबीच भएको थियो । तर, अन्तिम समयमा आएर बैठक सारिएको थियो।

आजको बैठक चल्न नदिने एमालेले अडान कायमै राखेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार