बुधवार, आश्विन २१ गते २०८३

प्रधानमन्त्रीले जवाफ दिने भएपछि संसदको अवरोध खुलाउन एमाले तयार

सोमवार , आषाढ २५, २०८०

संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । एमालेको अवरोधपछि हिजो बस्दै नबसि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक अपरान्ह तीन बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्री दाहालले केही दिनअघि नेपालमा भारतको चाहनामा मात्र सरकार बन्ने आशयको अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीको राजिनामा माग गर्दै बैठक अवरोध गरिरहेको छ ।

यस्तै आज पनि शिर्ष तीन नेताहरुबीच संसदको अवरोध खोल्नेबारे छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमामा प्रधानमन्त्री पुष्पकमल दाहाल, उमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको हो ।

आजको छलफलमा एमाले संसदको अवरोध खुलाउन सकारात्मक भएको बुझिएको छ ।  बैठकपछि बाहिरिनुभएका प्रधानमन्त्री प्रचण्डले आफू संसदमा सम्बोधन गर्न जान लागेको प्रतिक्रिया दिए। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने संसदमै थाहा हुने बताए। सत्तारुढ दलका एक सांसदका अनुसार प्रधानमन्त्रीले सम्बोधन गरेपछि संसदको अवरोध हटाउन एमाले तयार भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार