काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले स्पष्टीकरण दिन्छु भन्दाभन्दै राजीनामा भन्नुको अर्थ के हो भनी प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।
“मैले यो विषय उठेपछि सदनलाई जानकारी गराउँछु भनेको हो,” उनले भने, “यही हो संसदीय अभ्यास ? राजीनामा नआएसम्म बोल्न दिन्न भनेको के हो ? प्रधानमन्त्रीलाई स्पष्टीकरणको मौका पनि दिन नहुने हो ? यो प्रतिवाद होइन ?”