बुधवार, आश्विन २१ गते २०८३

प्रचण्डकाे स्पष्टीकरण: प्रधानमन्त्रीकाे हैसियतमा मैले त्यो नभनेको भए हुन्थ्यो

सोमवार , आषाढ २५, २०८०

काठमाडौं।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विवादित अभिव्यक्तिबारे जवाफ दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले आफ्नो विवादित अभिव्यक्तिबारे जवाफ दिएका हुन् । 

सरदार प्रितम सिंहको पुस्तक विमोचन समारोहमा दिएको अभिव्यक्तिमा केही भावनात्मक भएको बताउँदै उनले सो कार्यक्रममा प्रधानमन्त्रीको हैसियतमा नभएर ज्ञानुको बुबा भएर बोलेको जानकारी दिए । 

प्रीतम सिंहले २०६७ सालतिर आफ्नो छोरी ज्ञानुको उपचार भारतमा गर्ने बेलामा निकै सहयोग गरेको स्मरण गराउँदै उनले भने,  ‘मेरो छोरी ज्ञानुको उपचारका क्रममा भएका कुरा मैले त्यहाँ कुरा गरेको हुँ, नबोलेको भए पनि हुने थियो । म अलि भावुक बनेकै हुँ, तब न प्रचण्ड । त्यसदिन म प्रधानमन्त्री होइन ज्ञानु (छोरी)को बुबा भएर बोलेँ । म अलिकति भावनात्क छु । म थोरै भावनामा आएँ ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार