सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। हेलिकोप्टर सोलुखुम्बुको सुर्केबाट मंगलबार बिहान काठमाडौंका लागि उडेको थियो। सोलुखुम्बुको रिम्बो क्षेत्रबाट हेलिकोप्टर सम्पर्कविहीन भएको विमानस्थलले जनाएको छ।
मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनए-एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो ।
हेलिकप्टरको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।
हेलिकोप्टरमा पाइलटसहित ६ जना यात्रु रहेको बुझिएको छ।