बुधवार, आश्विन २१ गते २०८३

मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने निर्णय

हेलिकप्टर दुर्घटनाको छानबिन गर्न समिति

मंगलवार , आषाढ २६, २०८०

काठमाडौं। सरकारले सोलुखुम्बुमा भएको मनाङ एअरको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न समिति बनाउने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मनाङ एअरको हेलिकप्टर दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै दुर्घटनाको छानबिन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । मंगलबार भएको हेलिकप्टर दुर्घटना पाइलटसहित त्यसमा सवार ६ जनाकै मृत्यु भएको थियो ।

त्यस्तै बैठकले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ । चैत २० गते सरकारले तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो भने  वैशाख १७ गते नै धनुषाको जनकपुरधाममा कार्यालय स्थापना गरेको थियो ।

बैठकले कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको छ, जसअनुसार मोटा धानको प्रतिक्वीन्टर ३ हजार १ सय ९८ रुपैया र मध्यम धानको प्रतिक्वीन्टर ३ हजार ३ सय ६२ रुपैया समर्थन मूल्य तोकिएको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

बैठकले वरीयताका आधारमा लक्ष्मीकुमारी बस्नेतलाई नेपाल सरकारको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार