शनिवार, कार्तिक १ गते २०८३

आमाछोदिङमोका अध्यक्षको उदाहरणीय कामः पशुपालक किसानहरुलाई सोलार लाइट

बुधवार , आषाढ २७, २०८०

रसुवा। जिल्लाको आमाछोदिङमो गाउँपालिकाले पशुपालक किसानहरुलाई सोलार लाइट वितरण गरेको छ। 
किसानहरुको आयस्तर वृद्धि गर्ने उद्देश्यले सौर्य ऊर्जा (सोलार) बत्ति निःशुल्क वितरण गरिएको गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बताए। 
 
गाउँपालिकाको अनुदानमा पशुपालनबाटै जीविकोपार्जनको प्रमुख माध्यमका रूपमा रहेका याक, नाक चौरी, तथा भेडाबाख्रा गोठालोलाई प्रोत्साहन गर्न २२० जना गोठालालाई निःशुल्क सोलार बति वितरण गरिएको हो।
 
पालिका भित्रका उच्च स्थानका खर्कमा लेकाली चौंरी गोठ वस्ने क्षेत्रमा भरपर्दो बत्तीको सुविधा नभएका अनकन्टार जङ्गलको बीचमा गोठमा बस्दै आएका गोठालो रातिको समयमा दुग्धजन्य पदार्थ उत्पादन,भण्डारण प्रशोधन,उनिहरूका बालबच्चाको पठनपाठनमा सहजता कृषकहरुलाई चौरीपालनमा प्रोत्साहन गर्ने अद्येश्यले सोलार बत्ति वितरण गरिएको गाउँपालिका अध्यक्ष तामाङले बताए। 
 
गत्लाङ, चिलिमे, ग्रे, गोल्जुङ, हाकुलगायतका गाँउपालिका पाँचवटै वडाका चौंरी गोठ वस्ने क्षेत्रमा विद्युत अभावले मट्टीतेल, दियालो बाल्नुपर्ने बाध्यात्मक अवस्थामा सोलार वत्ती प्राप्त गरेपछि सो वस्तीका किसानहरू हर्सित भएका छन् ।
 
वन्यजन्तुबाट हुनसक्ने आक्रमण लगाएत यस क्षेत्रको गोठालोका परिवारलाई सुरक्षा तथा दैनिक कृयाकलापमा सहयोग पुर्‍याउने उत्पादनहरुको व्यवस्थापन गर्न कृषकलाई सहज हुने पनि अध्यक्ष तामाङको विश्वास छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार