शनिवार, कार्तिक १ गते २०८३

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

बुधवार , आषाढ २७, २०८०

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ। बुधबकार बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले बताए।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने उनलाई हृदयाघात भएको थियो।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो। प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन्।

उनको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने छ। आजै दिउँसाे २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार