बुधवार, आश्विन २१ गते २०८३

पत्नी शोकमा रहेका प्रचण्डलाई भेट्न शिर्ष नेता कार्यकर्ताहरु नर्भिकमा

बुधवार , आषाढ २७, २०८०

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सिता दाहालको निधन भएपछि शिष्र्न नेताहरु नर्भिक अस्पताल पुगेका छन्। दाहालको निधनपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न नर्भिक अस्पतालमा परिसरमा नेतादेखि कार्यकर्तासम्मको भिड लागेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई समवेदना प्रकट गर्न नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, उप-राष्ट्रपति रामशहायप्रसाद यादव, पूर्वसभामुख अग्नि सापकोटा लगायत नेता तथा कार्यकर्ताहरुको भिड लागेको छ। 

दाहालकी छोरी रेणुसहितका परिवारका सदस्यहरु, माओवादी केन्द्रका नेता अग्नि सापकोटा लगायतका नेताहरु, शुभेच्छुकहरु र पार्टीका कार्यकर्ताहरु पनि अस्पताल पुगेका छन् । समाचार संकलनका लागि पुगेका पत्रकारहरुको पनि अस्पतालमा उल्लेख्य उपस्थिति छ ।

सीताको आज बिहान ८ः३३ बजे ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।

उनको पार्थिव शरीरलाई आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ । त्यसपछि आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार