सोमवार, श्रावण २५ गते २०८३

२४ घण्टामा ३८४० संक्रमित थपिए, ३३ जनाको मृत्यु

बुधवार , श्रावण १३, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा ३ हजार ८४० जना कोरोना संक्रमित थपिएका छन् । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १९९३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । सोही अवधीमा ३३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैविच बुधबार काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण भएको छ । जसमा काठमाडौं जिल्लामा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार