शनिवार, कार्तिक १ गते २०८३

मोरङ र सुनसरीमा अति भारी वर्षा

शुक्रवार , आषाढ २९, २०८०

मोरङ र सुनसरीमा अति भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाकाअनुसार पछिल्लो तीन घण्टायता मोरङको लेटाङ, हरैचा र सुनसरीको इटहरी आसपास अति भारी वर्षा भएको छ। 

थप वर्षाकोपूर्वानुमान गर्दै महाशााखाले बुढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रा लगायत सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुबानको उच्च जोखिम रहेको बताएको छ।

त्यसैले आज बिहान ११ बजे सम्म अतिउच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार