काठमाडौं। अध्यागमनले गत बुधबार कागजात शंकास्पद भनेर त्रिभुवन विमानस्थालबाट फर्काएका ९ जना पुरानै कागजातको आधारमा कुवेत गएका छन् । वैदेशिक रोजगारीका लागि कुवेत उड्न लागेका ११७ जनालाई कागजातमा शंका लागेको भन्दै अध्यागमन विभागले फर्काएको थियो ।
तीमध्ये ८ जना महिला र १ जना पुरुष शुक्रबार बिहान कुवेत गएको बताइएको छ । गन्तब्य मुलुकको सम्बन्धित कम्पनीले नै ती कामदारका लागि प्लेन टिकट काटिदिएको थियो ।
करिब ६० हजार पर्ने टिकटसमेत नोक्सान भएको साथै अब कम्पनीले कामदार लैजान टिकट नदिने हुँदा श्रमिकलाई समस्या पर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए।
राबधुब बिहान गत बुधबार अध्यागमनले रोकेका ९ जना कुवेत गएको उनको भनाई छ ।