आइतवार, श्रावण २४ गते २०८३

भारतले चन्द्रमाका लागि पठायो चन्द्रयान-३

शुक्रवार , आषाढ २९, २०८०

भारतले आज चन्द्रमाका लागि रकेट पठाएको छ । स्थानीय समयअनुसार आज दिउँसो २ः३५ बजे आन्ध्रप्रदेशको स्पेसपोर्टबाट चन्द्रयान-३ नाम दिइएको रकेट टेकअफ भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

योजनाअनुसार सबै काम भए यो रकेट आगामी अगस्ट २३ वा २४ मा चन्द्रमाको सतहमा पुग्नेछ । चन्द्रयान-३ को रोभरले चन्द्रमाको सतहमा सफल अवतरण गरेमा भारत चन्द्रमामा यान पठाउने विश्वको चौथो मुलुक हुनेछ ।

यसअघि संयुक्त राज्य अमेरिका, रूस र चीनले मात्र आफ्नो यान चन्द्रमामा पुर्‍याउन सकेका छन् । भारतले चन्द्रमाका लागि यान पठाएको यो तेस्रो पटक हो ।

सन् २००८ मा भारतले चन्द्रयान-१ पठाएको थियो तर त्यो चन्द्रमाको सतहमा अवतरण भएन । सन् २०१९ मा भारतले पठाएको चन्द्रयान-२ पनि चन्द्रमामा अवतरण हुन असफल भयो। अवतरण हुन लाग्दा त्यसको रोभर दुर्घटनामा परेको थियो ।  

चन्द्रयान-३ को तौल ३ हजार ९ सय किलोग्राम छ भने यो बनाउन ६.१ अर्ब भारतीय रुपैयाँ लगानी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार