काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्वन्धि बाँकी विवाद टुङ्ग्याउन २४ घण्टाको समय दिइएको छ । बुधबार बसेको कांग्रेसको पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानविन समितिलाई २४ घण्टाभित्र बाँकी रहेको काम पूरा गर्न जिम्मेवारी दिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
समितीले भोलिसम्म अध्ययन गरेर प्रतिवेदन बुझाएपछि पार्टी केन्द्रीय कमिटीले निर्धारण गरेर अन्तिम रुप दिने जनाइएको छ । बैठक बिहीबार दिउँसो २ बजे फेरि बस्नेछ ।