बुधवार, आश्विन २१ गते २०८३

डोनाल्ड लुको भ्रमणः एमसीसीबारे अमेरिकी चासो

शुक्रवार , आषाढ २९, २०८०

काठमाडौं। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेपाली शीर्ष नेताहरुसँग भेटवार्ता गरेका छन्। शुक्रबार काठमाडौं पुगेका उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गरेका छन्।

भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको सभापति देउवाले जानकारी दिएका छन्। 

यस्तै लु ले एमाले पार्टी कार्यालय च्यासल पुगेर ओलीसँग  भेटवार्ता गरे। भेटमा एमसीसी कार्यान्वयन तथा दुई देशबीचको सम्बन्धनबारे छलफल भएको ओलीको सचिवालयले जनाएको छ । भेटमा लुका अन्यसदस्य तथा एमालेका तर्पफबाट विष्णु रिमाल, डा. राजन भट्टराई र विमला पौडेलको सहभागिता रहेको थियो। 

लुले शुक्रबारै परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग पनि भेटवार्ता गरेका छन्। परराष्ट्रमन्त्री साउदसँग भएको भेटवार्ताका क्रममा एमसीसी कार्यान्वयनबारे छलफल भएको बताइएको छ।

भेटमा सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकहरुको सूचीबाट स्तरोन्नति र सो पछि पनि अमेरिकाबाट नेपाललाई प्राप्त हुने सहयोगको निरन्तरता र बढोत्तरी र दुवै मुलुकबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सहायक विदेशमन्त्री लूले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेट गरेका छन्। भेटमा लूले उप्रधानमन्त्रीसँग पनि एमसीसी कार्यान्वयनको प्रगतिबारे चासो राखेका थिए। जवाफमा प्रधानमन्त्री दाहालले एमसीसि छिट्टै पूणर् कार्यान्वयनमा जाने बताए। 
लु ले दाहाल पत्नी सीता दाहालको निधनप्रति समवेदना ब्यक्त गरेका छन्। 

अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा आजै काठमाडौं आइपुगेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार