बुधवार, आश्विन २१ गते २०८३

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

शनिवार , आषाढ ३०, २०८०

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको छ । 

महासचिव शंकर पोखरेलको नेतृत्वमाशुक्रबार केन्द्रीय कार्यालय बैठक बसेको थियाे । उक्त बैठकले शनिबार बस्ने सचिवालय बैठकका एजेण्डा तय गरेको बताइएको छ ।

यसपटक धेरै र महत्त्वपूर्ण एजेण्डा नभए पनि नेताहरूको जिम्मेवारी र कार्यक्षेत्रको रिपोर्टिङ, पुष्पलाल स्मृति दिवस मनाउने र त्यसको तयारी तथा समसामयिक राजनीतिक प्रस्तावमाथिको छलफल एजेण्‍डाका रूपमा रहेका छन्।

एमाले केन्द्रीय कार्यालय बैठक महासचिवको उपस्थितिमा बस्ने र उपमहासचिव तथा सचिवहरूको उपस्थिति रहने गर्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार