काठमाडौं। केन्द्रीय समितिको बैठकका एजेण्डाबारे छलफल गर्न नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको संयुक्त बैठक बस्दै छ।
बैठक सोमबार दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवासमा धुम्बाराहीमा बस्न लागेको हो। बैठकले मंगलबार बस्ने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्ने जनाइएको छ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक गत असार २७ गते बस्ने तयारी गरिए पनि तयारी नपुगेको भन्दै साउन २ गतेसम्मका लागि स्थगित गरिएको थियो ।
देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग छलफल गरेपछि भोलि बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग फेरि छलफल गर्ने तयारी समेत गरेको जनाइएको छ।