काठमाडाैं। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए कतारको सन् २०२३-२०२५ कार्यकालको लागि आईसिसी सदस्यमा श्रीकृष्ण भट्टराईले उम्मेदवारी घोषणा गरेका छन्।
विगत दुई दशकदेखि कतार कर्मथलो बनाई विभिन्न सघ संस्था मा आबद्ध भई सामाजिक अभियानमा पनि सक्रिय भट्टराईले आईसीसी सदस्यका लागि उम्मेदवारी घोषणा गरेका हुन्।
संस्थालाई सामाजिक रुपमा रूपान्तरण गर्दै मध्यपूर्वलाई श्रमिकमैत्री एनआरएनए बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताए। भट्टराईले आसन्न निर्वाचनमा आफूलाई मत दिनका लागि सबै पञ्जीकृत सदस्यहरूमा अनुरोध समेत गरेका छन्।
भट्टराई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सन् २००५-२००७ को पन्जीकृत सदस्य हुदै विभिन्न कार्यकालमा यस संस्थासँग आवद्ध रहँदै आएका छन् ।
गोरखा सेवा समाज कतारको चार चारपटकसम्म अध्यक्ष हुँदै अहिले प्रमुख संरक्षक तथा विश्वभर रहेको गोर्खाली को साझा संस्था ग्लोबल गोरखा समाजको उपाध्यक्षमा रहेर उनले सामाजिक अभियानलाई निरन्तरता दिइरहेका छन्।