काठमाडौं। गैर आवासीय नेपाली संघ(एनआरएनए) बेल्जियमको अध्यक्षमा सीता सापकोटा विजयी भएकी छन्। आइतवार सम्पन्न निर्वाचनमा निकटतम प्रद्धिस्पर्धी तीर्थ धमलालाई पराजित गर्दे सापकोटा निर्वाचित भएकी हुन्।
कुल २ हजार ७६ मतमध्ये सापकोटाले १ हजार ११२ मत पाईन् भने धमलाले ९४८ मत पाए। आदर्श नारी गृहको संस्थापक अध्यक्ष समेत रहेकी सापकोटा बिद्यार्थी जीवन देखी नै सामाजिक तथा राजनीतिकमा सक्रिय थिइन् । उनी जनसम्पर्क समिति बेल्जियमकी पूर्वसभापति हुन् ।
यस्तै संघको महासचिवमा रुविना शर्मासहित सम्पूणर् कार्यसमिति निर्विरोध भएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा कासी दनई, लोकेन्द्र नेपाल (पुष्प), महिला उपाध्यक्षमा सावित्री गिरी, युवाउपाध्यक्षमा रुवु श्रेष्ठ बस्नेत, जनजाति उपाध्यक्षमा इन्दीरा चाम्लिङ राई निर्वाचित भए।
यस्तै उपमहासचिवमा राजेन्द्र कार्की, सचिवमा रमेश दाहाल, ईश्वरा शर्मा, संजयदेव श्रेष्ठ, महिला सचिवमा जमुना शर्मा, कोषाध्यक्षमा अजित तुलाचन, सहकोषाध्यक्षमा डा. राजु श्रीवास्तव, महिला संयोजकमा शारदा घिताल, महिला उपसंयोजकमा शरु श्रेष्ठ गुरुङ्ग, युवासंयोजकमा सुदिप चौधरी, अन्तरपेन संयोजक चित्र गुरुङ्ग, लुभेन संयोजक सुरज खरेल, ब्रुज संयोजक देवी कुमारी शर्मा (लक्ष्मी) निर्वाचित भएका छन्।
यस्तै कार्यसमिति सदस्यहरुमा सूर्य प्रसाद सापकोटा, रोशन गौतम, दिपीका केसी, विनोद शाही, निता सुब्वा, रस्मी निरौला, जानु नेपाल, विक्की मल्ल, सरोज आचार्य, रमेश सापकोटा निर्विरोध निर्वाचत भएका छन् ।
गैरआवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने ११ औं महाधिवेसनको तयारीको लागि जुलाई महिनाभित्र संघका सबै राष्ट्रिय समितिहरुमा अनिवार्य निर्वाचन गर्नु पर्ने वैधानिक व्यवस्था रहेको छ ।
यस्तै एनआरएनए बहराईनमा राजु कुमार श्रेष्ठ र एनआरएनए साउदी अरबमा रविना अर्याल निर्विरोध निर्वाचत भएका छन्।