बुधवार, आश्विन २१ गते २०८३

कांग्रेसका नेताहरुले बुझाए पार्टी रुपान्तरणका लागि २१ बुँदे सुझाव (पूर्णपाठ सहित)

मंगलवार , श्रावण २, २०८०

काठमाडौं। नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेलगायतको टोलीले पार्टी रुपान्तरणका लागि भन्दै २१ बुँदे सुझाव बुझाएका छन्। पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने भनिए पनि बुझ्न नमानेपछि पार्टी कार्यालयमा दर्ता गरिएको हो ।

घिमिरेसँगै केन्द्रीय सदस्य मधु आचार्यलगायत नेताहरुले चलाएको देशव्यापी कांग्रेस रूपान्तरण अभियानअनुसार अहिलेको घटनाक्रम र पार्टीलाई कसरी अघि बढाउने विषयमा नेतृत्वलाई २१ बुँदामा समेटेर सुझाव दिइएको छ ।

उक्त सुझावमा प्रतिनिधिसभा र प्रदेशसभा तथा उपनिर्वाचनमा प्राप्त अनपेक्षित परिणाम, भ्रष्टाचार प्रकरणहरूमा पार्टीका नेताहरूको संलग्नता, गठबन्धन सरकारलगायतका विषयमा उठेका प्रश्नहरु, असन्तुष्टिहरु समेटिएका छन् ।

यस्तै पार्टीमा देखिएको आन्तरिक अव्यवस्था, पार्टी सञ्चालन, समयसापेक्ष सुधार नगरी रूपान्तरणका आकांक्षा र आवश्यकतालाई समयमै सम्बोधन गरेर अघि नबढे कार्यकर्ताहरुमा झनझन् निराशा बढ्दै जाने तथा पार्टीको जनधार खस्किँदै गएको पनि सुझावमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार