आइतवार, आश्विन २५ गते २०८३

मन्त्रिपरिषद् विस्तार गर्न सत्ता गठबन्धनले छलफल गर्दै

बिहिवार , श्रावण १४, २०७८

काठमाडौं । सत्तारुढ गठबन्धनमा सहभागी शीर्ष नेताको बैठक आज पनि बस्ने भएको छ। 

बैठक आज विहान साढै आठ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ । आजको बैठकमा मन्त्रिपरिषद् विस्तार, विभिन्न नियुक्तिलगायत विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा मन्त्रालय भागबण्डाको विषयमा समेत छलफल हुने भएकाले आजै मन्त्रिपरिषद् विस्तार हुन सक्ने छ। बैठकमा सरकारका अन्य काम–कारबाहीका विषयमा समेत छलफल प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी दिएको छ।

यसअघि बुधबार बिहान बसेको बैठकमा जतिसक्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने समझदारी बनेको थियो।  गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार