शनिवार, कार्तिक १ गते २०८३

सुन तस्करी प्रकरणमा जाेडेकाे भन्दै पत्रकार सम्मेलन गर्दै दीपक मल्होत्रा

बिहिवार , श्रावण ४, २०८०

काठमाडौं। व्यवसायी दीपक मल्होत्राले आफ्नाे चरित्रहत्या गर्नेहरुविरुद्ध कानूनी कारवाहीमा जाने भएका छन्। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन तस्करीमा आफ्नो संलग्नताको आशंका भन्दै केही व्यक्ति र मिडियाले चरित्रहत्या गरेको उनकाे आरोप छ।

मल्होत्राले आफ्नो चरित्रहत्या गर्नेविरुद्ध मानहानीको मुद्दामा जाने भन्दै आजै दिउँसो पत्रकार सम्मेलन गर्दैछन्। लगत्तैकानूनी कारबाहीमा जाने उनको भनाइ छ ।

मल्होत्राले एउटा व्यक्तिले एक क्वीन्टल सुन ल्याउन सम्भवसमेत नभएको र सो सुनसँग आफ्नो कुनै सम्बन्ध नरहेकाले आशंका भनेर बदनाम गरिएकाे बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार