काठमाडौं। एक क्वीन्टल सुन तस्करीमा आफ्नो नाम जोडिएपछि ब्यवसायी दिपक मलहोत्राले आपत्ति जनाएका छन्। बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै मलहोत्राले आपत्ति जनाएका हुन्।
उनले सुन तस्करीको मुख्य अभियुक्तिलाई जोगाउने गरी पत्रकार सम्मेलनमार्फत झुटो समाचार प्रकाशन गरेकोमा माफी नमागे कानूनी बाटो समात्ने बताए।
समाचारले आफ्नो स्वाभिमान र अन्तस्करणमा चोट पुर्याउने र मर्माहत बनाउने काम भएको भएकाले माफी नमागे वा खण्डन प्रकाशन नगरे कानूनी उपचारमा जाने चेतावनी समेत दिएका छन्।
‘म र मेरो परिवारले ब्यक्तिगत रुपमा वा प्रत्यक्ष वा परोक्ष रुपमा अन्य ब्इक्तिलाई परिचालिन गरी कुनै पनि गैर कानूनी कारोवार गरेको छैन । प्रकाशित समाचारमा भनेजस्तै सुन आयात गर्न म संलग्न संस्थाबाट भुक्तानी पठाउने काम भएको छैन । मेरो कुनै संलग्नता छैन,’ मलहोत्राले भन्नुभयो, ‘पत्रिकामा नाम उल्लेख गरिएका कुनै पनि ब्यक्तिसँग मेरो सम्बन्ध वा कारोवार हुनु त परको कुरा, चिनजानसमेत छैन । तर प्रकाशित समाचारमा स्रोतको हवला दिँदै आफै कल्पना गरेर पत्रकारले मेरो नाम मुछेका छन । यसबाट समाचार लेख्ने पत्रकार र प्रकाशन संस्थाको नियत राम्रो नभएको देखिन्छ ।’