शनिवार, कार्तिक १ गते २०८३

विशेष अप्रेसनमा राजस्व अनुसन्धान विभाग, थप १०० केजी सुन विमानस्थलभित्र

बिहिवार , श्रावण ४, २०८०

काठमाडौं। त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलबाट एक सय केजी सुन बरामद भएपछि राजस्व अनुसन्धान विभागको टोलीले थप सक्रियता बढाएको छ ।

भन्सार जाँचपास भइसकेर ट्याक्सीमा सिनामंगलतर्फ लैजाँदै गरेको अवस्थामा हिजो करिब एक क्विन्टल सुन विभागको टोलीले बरामद गरेको थियो । उक्त परिमाणको सुन पाँच दिनसम्म विमानस्थल भन्सारमै राखेर हिजो निकालिएको दाबी छ । 

यस्तै राजस्व अनुसन्धान विभागले बिहीबार फेरि विमानस्थल भन्सारमा छापा मार्ने तयारी गरेको छ । हङकङसहित विभिन्न रुटबाट भित्रिएको अवैध सुन अझै विमानस्थलमा होल्डमा रहेको सूचनापछि विभागको टोली अहिले त्यहाँ पुगेको छ ।

विभागको टोलीले विमानस्थल भन्सारमा खानतलासी र छापा मार्न टोली पठाइसकेको बुझिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार