काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलसहित सदस्यहरुले आज सपथ ग्रहण गर्ने भएका छन्। बिहान साढे नौ बजे उनीहरुको सपथको समय तय गरिएको छ। गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेल र सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बु नियुक्त गरेको थियो।