बुधवार, आश्विन २१ गते २०८३

सुन प्रकरणको छानविनलाई निष्कर्षमा पुर्‍याउन गृहमन्त्री श्रेष्ठको निर्देशन

शुक्रवार , श्रावण ५, २०८०

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको छानविनलाई निष्कर्षमा पुर्‍याउन निर्देशन दिएका छन्। शुक्रबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयको अनुगमन गर्दै श्रेष्ठले छानबिन र अनुसन्धानको प्रक्रियालाई जरैसम्म पुग्नेगरी निष्कर्षमा पुर्‍याउन छानविन समितिलाई निर्देशन दिएका हुन्।  

भन्सार जाँचका सबै प्रक्रिया पूरा गरेर करिव १ क्विन्टल सुन बाहिर निस्कनु सामान्य घटना नभएको भन्दै उनले जस्तोसुकै वा जो सुकै भए पनि जरैसम्म पुग्ने गरी कारवाहीको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको समेत निर्देशन प्राप्त भएको जिकिर गरे।

उनले आवश्यकता परे नेपाल प्रहरीले राजस्व अनुसन्धान विभागलाई सहयोग गर्ने र अहिले राजस्वको छानविन समितिलाई नै सहयोग गर्ने प्रतिवद्धता जनाए।

प्रकरणमा गृहमन्त्री स्वयं सुन तस्करीको नाईके भनेर समाचार आएकोबारे पत्रकारहरुको प्रश्नमा यो उत्तर खोज्नुपर्ने खालको प्रश्न नभएको बताए। देशमा भ्रष्चारचार विरुद्धको अभियानमा सरकार लागिरहेकाले त्यसलाई असर पार्नका लागि यी प्रचार गरिएको आरोप लगाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार