शनिवार, कार्तिक १ गते २०८३

धरानमा गोली हानी युवकको हत्या

शुक्रवार , श्रावण ५, २०८०

काठमाडौं। सुनसरीको धरान-इटहरी सडक खण्डमा एक जना युवकको गोली हानी हत्या भएको छ । शुक्रबार बेलुका सुनसरीको धरान-इटहरी सडक खण्डको तरहरा जंगलमा विराटनगर उपमहानगरपालिका-५ का २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या भएको हो ।

 धनकुटाबाट विराटनगर तर्फ जाँदै गरेका चौधरीमाथि अज्ञात समूहले तरहराको चारकोशे जंगलमा गोली प्रहार गरी लुटपाट गरेको बताइएको छ ।  

गोली प्रहारबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । चिकित्सकका अनुसार उनको दायाँ कोखामुनि गोली लागेको छ ।

गोली प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार