आइतवार, आश्विन २५ गते २०८३

कांग्रेस क्रियाशिल सदस्यता छानविन समितिको बैठक बस्दै

बिहिवार , श्रावण १४, २०७८

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशिल सदस्यमा देखिएको समस्या समाधान गर्न क्रियाशिल सदस्यता छानविन समितिको बैठक आज बस्दैछ। नेता रमेश लेखकको संयोजकत्वमा रहेको समितिले मंगलबार बुझाएको क्रियाशिल सदस्यको विवरणमा प्राविधिक समस्या मिलाउन बाँकी रहेपछि आज फेरि छलफल गर्न लागिएको हो।

हिजो पार्टी पदाधिकारी तथा पूण्र्वपदाधिकारी बैठकले सदस्यता विवाद समाधान गर्नका लागि २४ घण्टाको समय दिएको छ।समितिले पाएको आज दिउँसोसम्मको समय सीमाभित्र समस्या समाधान गरेर नेतृत्वलाई बुझाउनुपर्नेछ।

समितिले प्रतिवेदन बुझाएपछि पार्टी केन्द्रीय समितिले निर्धारण गरेर अन्तिम रुप दिनेछ। समितिले अस्ति साढे आठ लाख क्रियाशिल सदस्यताको टुंगो लगाउदै प्रतिवेदन बुझाएको थियो। तर बारा, सप्तरी, सर्लाही र धनुषाको क्रियाशिल सदस्यतामा विवाद रहेको थियो।

उक्त विवाद समाधानको जिम्मा शीर्ष नेतालाई लगाउदै प्रतिवेदन बुझाए पनि पुन: समितिलाई नै समस्या सुल्झाउन भनिएको हो। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार