बारा । गत साउन दुई गते सोमबार राती जिल्ला प्रहरी कार्यालय बाराको परिसरमा करिब सातदिन अगाडी कलैया–बघवन सडकमा भएको पिकअप भ्यान र मोटरसाइकल दुर्घटनाको विषयमा छलफल तय भयो ।
प्रहरीले दुबै पक्ष्यलाई छलफलका निम्ती कार्यालय आउन आग्रह ग¥यो । त्यसपछि दुबै पक्ष्यले आ–आफ्नो नजिककालाई सजिकरण गर्नका निम्ती जिल्ला प्रहरी कार्यालय बाराको परिसरमा आउन आग्रह गरे । आउन आग्रह गरेपछि दुबै पक्षका व्यक्तिहरु प्रहरी कार्यालयमा पुगे, त्यसमध्य थिए नेपाली कांग्रेसका बारा जिल्ला सचिव भैयाराम यादव र नेकपा एकिकृत समाजवादी बारा जिल्ला कमिटीका सहसचिव ध्रुब यादब ।
छलफल सुरु नहुदै उनीहरुलाई देखेपछि एकाएक प्रहरी निरीक्षक साहले ‘सबै बिगारेको पञ्चहरुले हो, सबै पञ्च दलाल हुन’ भनेपछि सचिव यादव र सहसचिव यादवले प्रहरीलाई मर्यादित हुन र सभ्य भएर कुरा गर्न आग्रह गरे ।
त्यसपछि प्रहरी र उनीहरुबिच प्रतिवाद सुरु भयो र प्रतिवाद हुदाहुदै सचिव यादब र सहसचिव ध्रुब यादबमाथि प्रहरीले कुटपिट सुरु गरयाे ।
त्यसमा संलग्रता थिए प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साह । दुबै मिलेर सचिव यादब र ध्रुब यादब माथि जिल्ला प्रहरी कार्यालय बाराको परिसरमा निर्घात कुटपिट गरे । त्यसछि प्रहरी नायब उपरीक्षक पाण्डे र निरीक्षक साहले सचिव यादवलाई कार्यालय परिसरमा कुटपिट गर्दै थुनेर मानसिक यातना दिए ।
सो घटना सार्वजनिक भएपछि बाराको कलैयामा तनाबग्रस्त बन्यो । सरकारमा रहेका गठबन्धनका दुई घटकका जिल्ला सचिब र सहसचिबलाई कुटपिट भएको थाहा भएपछि उनीहरु आन्दोलित भए र घटनामा संलग्रता रहेका प्रहरी अधिकृतलाई निलम्बन र बारा जिल्लाका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीको सरुबाको माग गरे ।
घटना भएको तिन दिन बितिसक्दा समेत प्रहरीले घटनाको छानबिन गरेको छैन । यता बारा जिल्लाका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले सो रात प्रहरी र सचिब तथा उपसचिबसँग सामान्य बादबिवाद भएको तर कुनै कुटपिट नभएको भन्दै प्रहरीको बचाउ गरे ।तर सो घटनाका प्रत्यक्षदर्शी समेत हुदाँहुदै पनि उनीहरुको बचाउ गरेपछि आन्दोलन झन चर्कियो । शुक्रबारसम्म यो घटना आईपुग्दा आन्दोलित समुहले जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बारा घेराउ गरे ।
प्रहरी नायब उपरीक्षक पाण्डे र निरीक्षक साहले सचिव यादवलाई कार्यालय परिसरमा कुटपिट गर्दै थुनेर मानसिक यातना दिएको कांग्रेसको आरोप छ ।
सवारी दुर्घटना सम्बन्धि विषयमा छलफल गर्न पुगेका बेला यादवमाथि कुटपिट भएको भन्दै कांग्रेसले बुधवार प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ज्ञापनपत्र समेत बुझाएको थियो । प्रहरीले कांग्रेस सचिव यादवलाई कुटपिट गर्दा आफ्नो पार्टीका जिल्ला उपसचिव ध्रुव यादवमाथि समेत दुर्ब्यहार गरेको भन्दै एकिकृत समाजवादीले समेत कांग्रेसको मागमा समर्थन जनाएको छ ।
दुवै पार्टीको संयुक्त आयोजनामा प्रहरीविरुद्ध रयाली तथा विरोधसभाको आयोजना गरिएको हो । विरोधसभामा नेपाली कांग्रेसका नेता एवम् महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव, कांग्रेस जिल्ला सचिव राजेश रौनियार, नेकपा एसका जिल्ला सचिव विक्रम ठाकुरलगायतले सम्बोधन गरेका थिए ।