शनिवार, कार्तिक १ गते २०८३

नेपाली रैथाने खानालाई विश्व बजारमा पुर्याउन “द टेस्ट अफ हिमालयन” पुस्तक बजारमा

आइतवार , श्रावण ७, २०८०

काठमाडौं। मौलिक नेपाली रैथाने खानालाई विश्व बजारमा स्थापित गराउने अभियान अन्तर्गत तयार पारिएको पाक कला सम्बन्धी (कुकबुक) “द टेस्ट अफ हिमालयन” नामक पुस्तक बजारमा आएको छ।

नेपाली भूमिमा उम्रने परम्परागत खाद्य बस्तु, समेतको उपयोग मार्फत खानालाई विश्वव्यापिकरण गर्ने अभियानमा लागि परेका सामाजिक अभियन्ता फुडगुरू सुरेश चन्द्र बस्नेतले परम्परागत नेपाली संस्कृतिमा आधारित रहेका नेपाली खानाहरू बनाउने तरिकाहरू ” द टेस्ट अफ हिमालयन” मा समेटिएका छन् ।

नेपाली खानाको ब्रान्ड पस्किन अन्तर्राष्ट्रिय स्तरमा मात्र नभई नेपाल भित्रै पनि नेपाली खानाको प्रवद्र्धन गर्नका नेपाली परिकारहरूको स्वाद सात प्रदेशलाई प्रतिनिधित्व गर्ने विभिन्न जातजातिका रैथाने खानालाई तयारी गरी तराईं, पहाड र हिमाली क्षेत्रका घरमै प्रयोग हुने मसलाबाट परिकारहरु बनाउने तरिकालाई बस्नेतले पुस्तकमा समावेश गर्नु भएको छ ।

लेखक बस्नेत ग्यास्ट्रोनोमी टुरिजम एशोसियसन अफ नेपालको अध्यक्ष हुनु। उनी विगत तीन दशक देखि पाककलामा रचनात्मक शैली मार्फत दर्जनौँ विभिन्न होटल, रेस्टुरेँण्ट एवम् शैक्षिक प्रतिष्ठान काम गरेर अनुभवका साथै नेपाली खानाको विकास र विस्तारमा रहेका छन्।

गुणस्तरीय खाना र लोकल संस्कृति बीचको सम्बन्धको अध्ययन , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न पर्यटन, सेवामुलक तथा सामाजिक संघसंस्था मार्फत राष्ट्र विकास, पर्यटन प्रबर्द्धन तथा सामाजिक सेवामा रही नेपालको संस्कृति झल्किने नेपाली मौलिक खानाको पहिचान, खोज अनुसन्धान, रैथाने बाली र मसला प्रयोग गरि नयाँ नयाँ खानाको प्रचार प्रसार गरि नेपाललाई विश्व बजार सामु चिनाउन र ग्यास्ट्रोनोमी टुरिज्म क्षेत्रमा बस्नेतको उच्च योगदानको रहदै आएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार