काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । केन्द्रीय समितिको बेठक जारी रहँदा आज अपराह्न ४ बजे धुम्बाराहीमा बैठक बोलाइएको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पदाधिकारी बैठकमा केन्द्रीय समितिको बैठकमा उठेका विषयवस्तु र सम्भावित निणर्यबारे छलफल हुनेछ । साउन २ देखि सानेपामा जारी केन्द्रीय समितिको बैठक भोलि अपराह्न ४ बजे बस्दैछ ।
बैठकमा नेताहरूले उठाएको प्रश्नको सभापति देउवाबाहेक सबै पदाधिकारीहरूले जवाफ दिइसकेका छन् । १० वटा एजेन्डा केन्द्रित बैठकमा भोलिको बैठकमा देउवाले जवाफ दिएर टुंग्याउने तयारी छ ।