काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सत्ता गठबन्धनको बैठक बस्ने तयारी भइरहेको बेला त्यसअघि देउवाले प्रचण्डसँग परामर्श गरेका हुन्। भेटमा देउवाले माओवादीको तर्फबाट सरकारमा सहभागी हुनेहरुको नामावली छिटो दिन आग्रह गरेका थिए।
यसअघि बुधबारको बैठकमा राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधव नेपाल पक्षले भने सरकारमा सहभागी नहुने बताएका थिए।