बुधवार, आश्विन २१ गते २०८३

कोशी प्रदेशः सरकार गठन विवादको सुनुवाई हेर्दाहेर्दैमा 

मंगलवार , श्रावण ९, २०८०

काठमाडौं। कोशी प्रदेशको सरकार गठनसम्बन्धी विवादको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।  रिटउपर सर्वोच्च अदालतको पूर्ण इजलासमा आज सुनुवाई भइरहेको हो । आज सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । पूर्ण इजलासले भोलि नै फैसला सुनाउन सक्ने सम्भावना रहेको बताइएको छ ।

यो मुद्दामा न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठ सम्मिलित पूणर् इजलासमा बहस भइरहेको छ ।  सोमबार न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिटलाई पूणर्इजलासमा पठाएको थियो ।

गत २१ असारमा कांग्रेस सांसद उद्धव थापा सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्ति गरेको विषय संविधानविपरीत भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए।

यसअघि सर्वोच्चले दीर्घकालीन असर पर्ने निणर्य नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मुख्यमन्त्रि नियुक्ति गर्दाका सक्लन फाइल मगाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार