हेटाैडा। मकवानपुर स्थित मार्खुमा रहेको कुलेखानी ड्याम साइड होटल आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्न थालेको छ । त्यहाँको प्राकृतिक सौन्दर्य, शान्त वातावरण, मनमोहक दृश्यले पर्यटकहरुको ध्यान तान्न सफल भएको छ
काठमाडौंबाट करिब ३० किलोमिटरमा दुरीमा रहेको यो होटेल संघीय राजधानीबाट समेत धेरै टाढा नभएकाले पनि पर्यटकहरुको आवागमन भईरहन्छ।
यहाँ आउने पर्यटकहरुले रमणीय तालको दृश्यावलोकन गर्दै त्यहा बोटिङको आनन्द लिन सक्छन् भने, जिप लाईनको अनुभव, मोहनी झर्ना, चित्लाङको एतिहसिक ठाउँ सिम भञ्ज्याङ, दामन, पालुङ जस्ता पर्यटकीय गन्तव्यहरूको समेत आनन्द लिन सक्छन्।
सञ्चालक हिरा गोपालीले ग्राहकको सन्तुष्टिलाई ध्यानमा राख्दै दक्ष तथा अनुभवी सेफहरुद्वारा गुणस्तरीय खानाका परिकारहरू पस्कँदै आएको बताएका छन्। गाेपालीले स्थानीय माछाको परिकार, लोकल कुखुरा, कालिज ट्राउट माछा, बँदेलका परिकारहरु ग्राहककाे चाहाना अनुरूप दिइरहेको बताए।
रात्री समयमा समयमा क्याम्प फायर, लाईभ बीबीक्यूँ, लाइभ म्यूजिकसँगै इनडोर डाइनिङ् हल बार र रेस्टुरेन्ट सुबिधाहरु उपलब्ध छन्।
कुलेखानीको पर्यटन प्रबर्धन र गाउँमै रोजगारी सृजना गर्ने अठोटका साथ तीन वर्षअघि सुरु भएकाे कुलेखानी ड्यामसाइड होटलमा अतिथि सत्कारका साथै फेमिली रुम तथा कपल रुम साथै त्रिपल सेयरिङ रुमको समेत व्यवस्था रहेको गोपालीले बताए।
आउट डोर टेन्ट, एसी तथा नन एसीसहित २४ रुमहरु होटेलमा उपलब्ध रहेका छन्। उक्त रिसोर्टमा योग ध्यान मेडिटेसन, हाइकिङ्, पिकनिक तथा बिभीन्न कार्यक्रमहरु गर्न र गराउन सकिने ब्यवस्था रहेको छ।
होटलमा पर्याप्त पार्किङको उचित व्यवस्थापन रहेको गोपालीले बताए। होटलले हाल २ दर्जन बढीलाई रोजगारी समेत दिइरहेको छ।