शनिवार, कार्तिक १ गते २०८३

सुन प्रकरण: कांग्रेसले पनि माग्यो अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा

बुधवार , श्रावण १०, २०८०

काठमाडौं। प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेकत पदम गिरीले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेर आफ्नो सम्बोधन टुंग्याएपछि सत्तारुढ दल कांग्रेसका सांसद सुनील शर्माले पनि नैतिकताको आधारमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए । 

यसअघि नैतिकताका आधारमा मन्त्रीबाट राजीनामा दिएका घटनालाई स्मरण गराउँदै सांसद शर्माले गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतले राजीनामा दिएर सुन तस्करीको छानबिनामा सहयोग गर्नुपर्ने बताएका हुन् । 

उनले प्रधानमन्त्री स्वदेश फर्किदासम्म समेत भरियालाई फसाउन खाेजेर मुख्य नाईके नपक्रिए सदनभित्र आमरण अनसन बस्ने घाेषणा समेत गरे।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार