बुधवार, आश्विन २१ गते २०८३

रविको चेतावनीः गरेजस्तो देखाउन भ्रष्टाचारका फाईल खन्न सुरु गरे सरकारको दिन गन्न सुरु हुन्छ

बुधवार , श्रावण १०, २०८०

काठमाडौं। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले १०० किलो सुन तस्करी प्रकरणमा मालिकसम्म किन पुगिएन भनेर प्रश्न गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दे लामिछानेले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका हुन्।

उनले भने,‘भ्रष्टाचार विरुद्ध चालेको कदमलाई स्याबास भनेको फाइदाका रुपमा नलिइयोस्’ रास्वपा सभापति लामिछानेले चेतावनीको भाषामा भने, ‘जरासम्म पुग्ने साहस लिएको हो भने ठीक छ। फाइल खोलेको गन्न मात्र सुरु गरेको हो भने सरकारको दिन गन्न सुरु हुन्छ ।’

उनले सरकारले कुनै पनि प्रकरणको फाइल खोल्ने र गिजोलेर छाड्न काम गरे सरकारको दिनगन्ती सुरु हुने चेतावनी समेत दिए।

भ्रष्टाचार विरोधी सरकारका कदममा आफूहरुले समेत साथ दिएको बताउदै लामिछानेले आफूहरुले दिएको स्यावासीलाई फाईदाका रुपमा नलिन चेतावनी समेत दिए।

यो प्रकरणमा केही कर्मचारीको सरुवा मात्र गरिएको भन्दै उनले यो पुरस्कार हो कि कारबाही भनेर प्रश्न गरे । डामेर छोडेपछि सूचना लुकाउने अवसर मिल्ने भन्दै उनले गम्भीर हुन अनुरोध गरे ।

यसबारे आफूहरुले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको भन्दै लामिछानेले भने, ‘गृहमन्त्रीले गम्भीर रुपमा लिएर सदनलाई जवाफ दिनुपर्छ । कर्मचारी सरुवा गरेर टार्न पाइँदैन ।’

‘भरिया मात्र समाउनु थियो होला र ट्याक्सी मात्र समात्यो होला’ सुन तस्करी सेटिङमा भइरहेको भन्दै उनले भने, ‘भरियाले ट्याक्सीबाट मालिकसम्म पुर्‍याउँथ्यो होला नि, मालिकलाई नै कर्‍याप झ्याप पार्न सकिन्थ्यो होला नि त ? किन गरिएन ?’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार