शनिवार, कार्तिक १ गते २०८३

रेडी ट्रेडको सोह्रखुट्टेस्थित गोदाममा छापा, ६६ कार्टुन ‘ब्रेक शु’ बरामद!

बुधवार , श्रावण १०, २०८०

काठमाडौं। राजश्व अनुसन्धान विभागले केही दिनअघि बरामद भएको एक क्वीन्टल सुन तस्करी प्रकरणमा रेडी ट्रेड प्रालिको गोदाममा छापा मारेको छ । बुधबार साँझ विभागको टोलीले काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेस्थित उक्त कम्पनीको गोदामा छापा हानेको हो । 

विभागको टोलीले उक्त गोदामबाट ६६ कार्टुन ब्रेक शु बरामद गरेको छ। बरामद भएको ब्रेक शु मा सुन छ कि छैन भन्ने यकिन भने भइसकेको छैन ।

साउन २ गते यही कम्पनीले ब्रेक शु मा अवैध सुन भित्र्याएको थियो । एक क्वीन्टल सुन बरामद भएपछि विभागले यो कम्पनीले भित्र्याएका ब्रेक शु मा अनुसन्धान थालेको हो ।

यस्तै बुधबारै राजस्व अनुसन्धान विभागले व्यापारी राकेशकुमार अडुकियाको घरमा छापा मारेको छ । पछिल्लो समय सुन तस्करीको सुन बरामद भन्दा केहीसमय अघि उनले हङकङ भारत र दुबईको शंकास्पद भ्रमण गरेका थिए ।

उनले शंकास्पद यात्रा गरेको देखिपछि विभागले अनुसन्धान अघि बढाएको थियो । त्यही क्रममा उनको कमलपोखरीस्थित निवासमा विभागले छापा मारेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार