काठमाडौं। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) माल्टाको २०२३-२०२५ कार्यकालका लागि निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूले प्रचार प्रसार तीब्र पारेका छन्।
आगामी जुलाई ३० मा हुने निर्वाचनको लागी रेम्स खनाल र रोशन गिरी प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। उनीहरु दुवैले आफ्नो तर्फबाट सक्दो मेहनत गरेपनि अहिले रोशनभन्दा रेम्स खनाल धेरै माल्टावासीको रोजाईमा परेका छन्। आफ्नो सक्षम र अनुभवी टिम सहित 'टिम मिसन २५ भिजन २५' सहित निर्वाचनमा उत्रिएका अध्यक्ष पदका प्रत्यासि रेमलाल खनाल (रेम्स) ले २५ हजार युरोको श्रमिक कल्याणकारी कोष स्थापना गर्ने घोषणा पनि गरिसकेका छन्।
हाल माल्टामा निकै हेभिवेट उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका खनालले आफू अध्यक्ष भएपछि गर्ने नामहरूलाई २५ बुँदा बनाएर नै सार्वजनिक गरेका छन्। विगत ८ वर्षदेखि माल्टामा बसोबास गर्दै आएका रेम्स माल्टाको स्थापनाकाल देखि नै एनआरएनए अभियानमा जोडिएका व्यक्ति हुन्। संस्थाको संस्थापक उपाध्यक्ष , वरिष्ठ उपाध्यक्ष हुदै बिभिन्न सामाजिक संस्थामा जोडिदै आएका खनाल नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनको उपसंयोजक हुँदै नेपाललाई विश्वसामु चिनाउन नेपाल डे लगायतका कार्यक्रमको संयोजक भई सफलतापूर्बक सम्पन्न गराउने व्यक्ति हुन्।
निकै कम बोल्ने तर काम गर्ने स्वभावका खनाल माल्टावासी नेपालीहरुकाे सुख दुखमा साथ दिँदै आएका रेम्स श्रमिक व्यापारी, बुद्धिजीवी र विद्यार्थीमाझ निकै चर्चित र लोकप्रिय नाम हो । निकै साधारण र सरल स्वभाव भएका रेम्सको सबै निकायमा निकै राम्रो सम्बन्ध छ । स्थापना काल देखि संस्थापक महासचिव भएर काम गरेका र फेरि पनि रेम्स खनाललाई सघाउन महासचिव पदका उम्मेदवार बनेका सन्देश केसी पनि माल्टावासी नेपालीहरूमा चिरपरिचित नाम हो ।
बिभिन्न देशमा बसोबास गर्दै बिभिन्न सामाजिक संघ संस्थामा काम गर्दै अहिले माल्टामा आएका अनुभवी र सक्षम टिम मिसन २५ भिजन २५ सहित निर्बाचनमा उत्रिएका र जित निश्चित भैसकेको महासचिव पदका उम्मेदवार सन्देश केसीले बताए ।
माल्टामा जो सुकै नेपाली रहँदै गर्दा सधैँभरि समाजसेवामा अहोरात्र खटिएका रेम्स खनाल माल्टा बासिको चाहे दुख, चाहे सुख, चाहे रमाइलो क्षण सबै पलमा माल्टावासी सबैको मनमा बस्न सफल एक सरल सक्षम र परिपक्व व्यक्तिलाई मतदान गर्न माल्टावासी दाजु भाइ दिदीबहिनीहरू आतुर रहेको र निकै फराकिलो मतान्तरले बिजयी हुने निश्चित भएको समाजसेवी एवं एनआरएनए अभियन्ता प्रकाश भन्डारीले बताए । उनले र खनालले समस्त माल्टावासी नेपालीलाई अनुरोध गर्दै एकपटक रेम्स खनाललाई मत दिई अत्याधिक बहुमतले जिताउन आग्रह गरेका छन्।