आइतवार, श्रावण २४ गते २०८३

९२ दिनमै विश्वका १४ अग्ला हिमाल आरोहण गरी कीर्तिमान

बिहिवार , श्रावण ११, २०८०

काठमाडौं। सगरमाथासहित विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल ९२ औं दिनमा आरोहण गर्दै नेपाली पर्वतारोही तेन्जिङ शेर्पा (लामा) र नर्वेजियन पर्वतारोही क्रिस्टिन हरिलाले नयाँ कीर्तिमान कायम गरेका गरेका छन् ।

काठमाडौंस्थित सेभन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाका अनुसार, उनकै कम्पनीमा गाइडका रुपमा कार्यरत तेन्जिङ र क्रिस्टिनले आज बिहान पाकिस्तानमा रहेको विश्वकै दोस्रो अग्लो हिमाल केटू आरोहण गरेका हुन्।

योसँगै उनीहरुले ९२ औं दिनमा संसारकै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल सबैभन्दा छिटो आरोहण गरेको रेकर्ड बनाएका छन्।

यसअघि निर्मल पुर्जाले विश्वकै १४ अग्ला हिमाल ६ महिना ६ दिनमा आरोहण गर्दै ‘सबैभन्दा छिटो आरोहणको कीर्तिमान’ बनाएकाथिए।

प्रतिक्रिया
सम्बन्धित समाचार