शनिवार, कार्तिक १ गते २०८३

सुन तस्करी प्रकरणः चिनियाँ बस्ने लाजिम्पाटस्थित घरमा राजश्वको खानतलासी

बिहिवार , श्रावण ११, २०८०

काठमाडौं। काठमाडौँको लाजिम्पाटस्थित चिनियाँ नागरिक बस्ने घरमा राजस्वले छापा मारेको छ । विमानस्थलबाट बरामद गरिएको करिब १ सय किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिक जीक्वाङ लिन बस्ने घरमा खानतलासी गरिएको हो ।  घरमा जिक्वाङसहित अरु २ जना चिनियाँ नागरिक बस्दै आएका थिए ।

राजस्वको टोलीले सो घरबाट कागजात र केही सामान बरामद गरेको छ । घरलाई अहिले विभागले शिल गरेको छ । विभागका एक अधिकारीका अनुसार, त्यहाँ चुवानसहित अन्य चिनियाँ नागरिकहरुको पनि आउजाउ हुने गरेको देखिएको छ ।

साउन ३ मा बरामद गरिएको सुन ‘तस्करी’मा संलग्न आरोपमा जिक्वाङ लिन यसअघि नै पक्राउ परेका छन् । तस्करीमा संलग्न अराोपमा चिनियाँ र भारतीय नागरिकसहित १७ जना थुनामा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार