बुधवार, आश्विन २१ गते २०८३

कोशी सरकार : कार्कीले आजै मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने

शुक्रवार , श्रावण १२, २०८०

सर्वोच्च अदालतको आदेशअनुसार कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा पुनर्वहाली भएका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आजै जिम्मेवारी सम्हाल्ने भएका छन् । कार्की विराटनगर पुगेर प्रदेश सरकारको कामसमेत आजै थाल्ने भएका हुन् ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापा असार २१ गते मुख्य मन्त्री बनेका थिए । उनको नियुक्ति अवैधानिक बाटोबाट भएको ठहरसहित सर्वाेच्चले बदर गरेसँगै कार्कीले मुख्यमन्त्री सम्हाल्दैछन् ।

कार्कीले कामचलाउ मुख्यमन्त्रीको पद सम्हाल्ने भएका हुन् । उनले साउन १७ सम्म यो पदको जिम्मेवारीका रहनेछन् । कार्कीको पुनर्वहालीसँगै उनको सरकारका मन्त्रीहरूले पनि शुक्रबारदेखि नै मन्त्रालय सम्हाल्ने भएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार