बुधवार, आश्विन २१ गते २०८३

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

शुक्रवार , श्रावण १२, २०८०

काठमाडौँ । मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० प्रमाणीकरण भएकाे छ । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी साे विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रमाणीकरण गरेका हुन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरिएकाे राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

राष्ट्रिय सभामा उत्पत्ति भएको यो विधेयक असार १५ मा पारित भएर प्रतिनिधिसभामा गएको थियो । असार ३१ मा प्रतिनिधिसभाले संशोधनसहित पारित गरेको विधेयकलाई साउन १० मा राष्ट्रिय सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको थियो।

दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतल निवास पुगेको विधेयक  राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिएको छ ।

rastrapati

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार