काठमाडाैं। कोरिया,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिण कोरियाको आगामी कार्यकाल २०२३ देखि २०२५ को लागि जुलाई २९ मा अधिवेसन र जुलाई ३० मा नयाँ कार्यसमिति चयनका लागि मतदान गरिंदैछ । उक्त कार्यक्रमको लागी नेपालबाट माननीय संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरी कोरिया आइसकेकी छन्।
कोरियाको ईन्चोंग एयरपोर्टमा मन्त्री श्रीपालीलाई नेपाली राजदूतावास सिउल र एनआरएनए कोरियाद्वारा भब्य स्वागत गरिएको छ । स्वागतका लागी नेपाली राजदुतावास सिउलका डीसीएम पुष्पराज भट्टराई, एनआरएनए आइसीसी सदस्य विमल सुवेदी, एनआरएनए कोरियाका अध्यक्ष दीपक पुन, वरिस्ठ उपाध्यक्ष सन्जिव राई, एनआरएनए कोरियाका पुर्व सचिव राजकुमार स्याङतानलगाएत पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।
एनआरएनए कोरियाको अधिवेशनका लागी सम्पूर्ण तयारी सकिएको छ र कार्यक्रम सभ्य र भव्य बनाउन एनआरएनए कोरियाको कार्यसमिति लागिपरेको अध्यक्ष दीपक पुनले बताए ।
कार्यक्रममा नेपालबाट प्रमुख अतिथिको रुपमा आएकी राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले कोरियामा रहेका नेपाली संघ, सँस्था र नेपालीहरूसँग छलफल गर्ने बताइन्।
उक्त अधिवेशनका लागी नेपालबाट संविधान सभा सदस्य हरि ढकाल, नेपाली राजदूतावास सिउलका राजदूत ज्योती प्याकुरेल भण्डारी, एनआरएनए आइसिसी अध्यक्ष विनोद कुँवर, एनआरएनए आइसिसीका पदाधिकारीहरू, विभिन्न देशबाट एनआरएनए पदाधिकारीहरूको उपस्थित रहने अध्यक्ष पुनले बताए ।