शनिवार, कार्तिक १ गते २०८३

ब्यूटिसियन संघले गृहमन्त्री श्रेष्ठलाई बुझायो ज्ञापन पत्र

शनिवार , श्रावण १३, २०८०

काठमाडौं। नेपाल ब्यूटिसियन संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी ज्ञापन पत्र बुझाएको छ। गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागमा कार्यरत कर्मचारी बन्दना कणर्ले संघको आजिवन सदस्य सुष्मा महराले केएल टावरमा सञ्चालनमा ल्याएको फेसियल हाउसमा सेवा लिन जाँदा गरेको व्यवहारका विषयका बारेमा मन्त्रीलाई जानकारी गराउँदै शुक्रबार ज्ञापन पत्र बुझाईएको हो। 

संघका अनुसार फेसियल हाउसमा खुला रुपमा राखिएको सीसी क्यामेराको हवला दिँदै उक्त क्यामेराले सेवाग्राही कणर्को निजी व्यक्तिगत गोपनियतामा आँच आएको भनी महानगरिय प्रहरी वृत गौशलामा उजुरी दिएकी थिइन । प्रहरीले उक्त घटनामा परेको उजुरी अनुसार आपराधिक कार्य नभएको भन्दै असार २८ गते कणर् कै सहमतिमा प्रहरी कार्यालयमा सहमति समेत गरेको थियो ।

No description available.

त्यही विषयलाई लिएर यो पेशमाथी आँच आउने गरी झुठा आरोप लगाई ब्युटीपार्लरमा कानून संम्बत कार्य नभएको भन्ने झुठा प्रचार गरेको, आफु गृह मन्त्रालय मातहतको कर्मचारी भएको भन्दै पदिय दुरुपयोग गरी संघको आजिवन सदस्य महरालाई तत्काल पक्राउ गर्न लगाएर गैह्र कानूनी रुपमा थुनामा राख्नका लागि जोडबल गरेको भन्दै संघले त्यसमा आपत्ति जनाएको छ ।

संघले मन्त्री श्रेष्ठलाई भेटी व्यवसायीलाई सुनियोजित रपमा दुख हैरानी दिएको भन्दै महराको पेशा व्यवसाय नै बन्द गराउनका लागि राज्य शक्तिको दुरुपयोग भएको र कणर्ले गरेको त्यस्ता गैह्रकानूनी कार्यलाई रोकी तत्काल निलम्बन गर्न समेत माग गरेको छ । कणर्ले पदको दुरुपयोग गरी गैह्र कानूनी कार्य गरेको भन्दै निलम्बन गरेर हदैसम्मको कारबाही गर्न संघले माग गरेको छ । साथै सम्मपान पूर्वक पेशा व्यवसाय सञ्चालन गर्ने वाताबरण बनाउन माग गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले आफुले यो विषयलाई निकै गम्भिरताका साथ लिएको बताए । उनले पेश व्यवसाय गर्ने नागरिकको नैसर्गिक अधिकारी भएको भन्दै उक्त अधिकारी कसैले पनि हनन् गर्न नसक्ने बताए ।

No description available.

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार