शनिवार, कार्तिक १ गते २०८३

केही दिन देशभर बदली र वर्षाको सम्भावना

शनिवार , श्रावण १३, २०८०

काठमाडौं। नेपालमा मनसुन थप सक्रिय भएको छ । जल तथा मौसम पुर्वानूमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा आएकाले मनसुन थप सक्रिय भएको हो ।

यसअघि न्यून चापीय रेखा सरदरभन्दा दक्षिणतर्फ रहँदा भारतमा धेरै वर्षा र नेपालमा कम भएकोमा आज सरदर स्थानको आसपास आएको महाशाखाले जनाएको छ । न्यून चापीय रेखा सरदर वा उत्तरतर्फ सर्दै जाँदा नेपालमा प्रभाव बढ्न थाल्छ ।

अहिले देशभर सामान्यदेखि पूणर् बदली रही धेरै ठाउँमा पानी परिरहेको छ । बाढी पूर्वानुमान महाशाखाले कालीखोला लगायतका खोला खोल्साहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन निरन्तर वर्षाको सम्भावना छ । शनिबार राति कोशी, मधेस, बाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघ गर्जन चट्याङसहित ठूलो वर्षाको सम्भावना छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार