काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आईतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
दुई नेताबीच संवैधानिक परिषद्को बैठक बोलाउने, प्रधानन्यायाधीश सिफारिस,संसदको अवरोध हटाउने लगायतका विषयमा छलफल भएको छ । एमालेले सय क्विन्टल तस्करीको सुनबारे सरकारले जवाफ दिनुपर्ने भन्दै संसद अवरोध गर्दै आएको छ । गत बुधबारको प्रतिनिधिसभा बैठक एमालेले अवरोध गरेको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक सोमबारलाई तय भएको छ । सोमबार पनि एमालेले बैठक अवरुद्ध गर्ने भएपछि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग वार्ता गरेको बुझिएको छ ।
तर उनीहरुबीचको संवादपछि पनि अवरुद्ध संसद खुल्ने नखुल्नेबारे नेताहरुले प्रस्ट बताइसकेका छैनन् ।