काठमाडौं। राजधानीको प्रमुख पर्यटकीय स्थल ठमेलमा रहेको ‘ब्लुवेल रेष्ट्रो’ पछिल्लो समय स्वदेशी तथा विदेशी ग्राहकको रोजाईमा पर्न थालेको छ ।
काठमाडौँ महानगरपालिका वडा नं १६ पक्नाजोलस्थित सातघुम्ती सडकमा सञ्चालनमा रहेको ‘ब्लुवेल रेष्ट्रो’ले स्वदेशी तथा विदेशी खाना पस्कँदै आएसँगै ग्राहक आकर्षित गर्न थालेको हो ।
गोरखा वारपाक सुलिकोट गाउँपालिका वडा नं ५ लाँकुरीवोटका ४० वर्षीय युवा व्यवसायी भगवान थापाले विस २०७४ सालमा स्थापना गरेको उक्त रेष्ट्रोले टिपिकल नेपाली थकाली खाना र कन्टिनेन्टल खाना पस्कँदै आएको छ ।
सुरुको समयमा रु ५५ लाखको लगानी गरेर सञ्चालनमा ल्याइएको उक्त रेष्ट्रोमा अफ सिजनमा समेत दैनिक ४० देखि ४५ स्वदेशी तथा विदेशी पाहुना आएर ढिँडो र लोकल कुखुरा, मार्सी चामलको भातसहितको थकाली खानाको स्वाद लिईरहेका छन् ।
“पर्यटकीय सिजनमा थकाली खानाको स्वाद लिने स्वदेशी तथा विदेशी पाहुनाहरुको संख्या उल्लेख्य हुन्छ, गार्डेनसहितको रेष्ट्रो भएकाले विदेशी पाहुनाको रोजाई बन्दै गएको छ ‘ब्लुवेल रेष्ट्रो,”– थापा भन्छन्।
पारिवारिक वातावरण प्रदान गर्दै आएको उक्त रेष्ट्रोले मुस्ताङ आलु, कुरकुरे चिकेन, किमा नुडल्सलगायतका नयाँ खाजाहरुसमेत पस्कदैँ आएको छ। उक्त रेष्ट्रोमा वर्थ डे पार्टी र अन्य पार्टी मनाउनका लागि ४० देखि ५० जनासम्म बसेर जमघट गर्न सकिने सञ्चालक थापाले बताए।
“गर्न सक्यो भने स्वदेशमा पनि राम्रो गर्न सकिन्छ भन्ने मान्यताका साथ रेष्ट्रो सञ्चालन गरेको हो, आफ्नै देशमा बसेर विदेशी पर्यटकलाई खानामार्फत सेवा दिन पाएकोमा ज्यादै खुशी छु,”–सञ्चालक थापाले भने।
सौहार्दपूर्ण वातावरणमा स्वस्थ्य खानालाई पस्कँदै आएको उक्त रेष्ट्रोले छुट्टै कफिसप समेत सञ्चालन गरेर कफिका पारखीलाई सेवा प्रदान गर्दै आइरहेको छ।