शनिवार, कार्तिक १ गते २०८३

त्रिभुवन विमानस्थलबाट सुनसहित एकजना पक्राउ

सोमवार , श्रावण १५, २०८०

काठमाडौं।  त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरबाट करिब ८१ ग्राम तौलको सुनजस्तो देखिने धातुको ब्रासलेट १ थानसहित बैतडी पाटन नगरपालिका-६ घर भएका ३४ वर्षीय दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । 

कतार एयरवेयजको उडानद्वारा काठमाडौं आएका भण्डारीलाई जाँच गर्ने क्रममा उक्त धातुको ब्रासलेट अवैध रूपमा लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार