काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सत्तारूढ गठबन्धनमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति बनेपछि थप छलफलका लागी प्रचण्ड माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।
गठबन्धनको सरकार गठन प्रक्रियामा निर्णायक भूमिका खेलेका नेता नेपाल समूहलाई प्रचण्डले सरकारमा ल्याउने प्रयास गरिरहेका छन् । तर, पार्टी एकतालाई पहल गर्ने निष्कर्षसहित नेता नेपाल सरकारमा नजाने बताउँदै आएका छन् ।